शाहरुख खानकै कारण चलचित्रकर्मी बन्न सके कवीर खान

काठमाडौं,असार २६ । कवीर खानको चलचित्र ‘ट्युबलाइट’ ले बक्स अफिसमा खासै चमत्कार गर्न सकेन । तर यो चलचित्रले लामो समयपछि बलिउडका दुई सुपरस्टारलाई सिल्भर स्क्रिनमा एकै साथ अवश्यै उभ्याएको छ । हालै एउटा भिडियोमा कवीर खानले यस विषयमा खुसी प्रकट गर्दै लामो समयपछि सलमान खान र शाहरुख खानले एउटै पर्दा शेयर गरेको उल्लेख गरेका छन् । नवभारत टाइम्सका अनुसार कवीर खानले जामिया मिलिया इस्लामिया युनिभर्सिटीमा अध्ययन गर्दाताका शाहरुख खान उनको सिनियर रहेको र दुईले नोट साटासाट गर्ने गरेको उल्लेख गरेका छन् ।

कवीरले भनेका छन्, “चलचित्रमा दर्शकको ध्यान जाओस् भन्नका लागि कयौ व्यक्तिलाई चलचित्रमा समावेश गरिन्छ । यसैले मैले सलमान र शाहरुखलाई तयार गरेँ । जब मैले सलमानलाई यो कुरो भनेँ, तब उनले शाहरुखले भन्दा राम्रो यो भूमिका अरुले निर्वाह गर्न नसक्ने बताए । यसपछि हामीले शाहरुखसँग सम्पर्क गर्यौँ र उनले यो भूमिकाका लागि तयार रहेको बताए ।” कवीरले शाहरुखलाई कलेजका समयदेखि चिन्ने गरेका थोरै मान्छेलाई मात्र थाहा छ । शाहरुख जामियाको फिल्म स्कुलमा कवीरका सिनियर थिए । र, कवीरले शाहरुखको नोट पढ्थे । कवीर भन्छन्, “किन म शाहरुखको नोट पढ्थेँ ? मलाई लाग्छ, सायद सोही कारणले म चलचित्रकर्मी बन्न सकेँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *