राधा माधव समितिद्वारा कोराना कोषलाई ५० लाख सहयोग

चैत्र १३, काठमाडौं । राधा माधव समिति नेपालले नेपाल सरकारद्वारा आह्वान गरिएको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई १५ लाख सहयोग गरेको छ ।   

उक्त सहयोग सहयोगस्वरुपको रकम राधा माधव समिति नेपालद्वारा कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैकको खातामा जम्मा गरिएको हो ।   

राधा माधव समिति नेपाल, विद्वत समाज नेपाल र डिभाईन युथ क्लव नेपालद्वारा कोरोनाको संत्रास शुरु हुनासाथ मुलुकभरका सयौं विद्यालय, मठमन्दिर, वृद्वाश्रम लगायत बढी भिड हुने स्थानहरुमा कोरोना रोकथाम सम्वन्धी  प्रयोगात्मक संचेतना कार्यक्रम संचालन गरिएको थियो ।            

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *