प्रदेश नं ३ को प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुने

 

साउन २३, काठमाडौँ । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । 

मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

null

मिडिया सेन्टर नहुँदा पत्रकारले प्रदेशसभाको पछाडिपट्टि बसेर भिडियो, अडियोसमेत लिन नपाई रिपोर्टिङ गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । 

सञ्चारकर्मीलाई सरल र सहजरूपमा रिपोर्टिङ गर्न मिल्ने गरी मिडिया सेन्टरको स्थापना गर्न लागिएको प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 

मिडिया सेन्टर स्थापनाका लागि संसद् सचिवालयले चालू आर्थिक वर्षमा रु २० लाख छुट्याएको छ । यो रकमबाट सुविधासम्पन्न मिडिया सेन्टर स्थापना गर्ने जनाइएको छ । रासस  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *