चितवनका पत्रपत्रिकामा कोरोनाको असर, चैत २१ सम्म बन्द !

चैत्र १०, चितवन ।  विश्वलाई नै टाउको दुखाईको विषय बनेको कोरोना भाईरसको संक्रमणको असर चितवनका सञ्चार माध्यमलाई समेत परेको छ । जसकारण जिल्लाबाट सञ्चालित पत्रपत्रिकाहरु चैत २१ गतेसम्म बन्द हुने भएको छ । 

भरतपुरमा सोमबार बसेको पत्रिका सञ्चालकहरुको बैठकले चैत्र १२ गतेदेखि २१ गतेसम्म पत्रिका बन्द गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ चितवन शाखा उपाध्यक्ष समेत रहेकी शुभेच्छा सन्देश साप्ताहिककी सम्पादक शान्ता अधिकारीले जानकारी दिइन् । 

चितवनबाट हाल ४ वटा दैनिक पत्रिका प्रकाशनमा छ भने १४ वटा साप्ताहिक र एक वटा अर्धसाप्ताहिक पत्रिका प्रकाशन भईरहेको छ । 

सम्पादक शान्ताका अनुसार कोरोनाका कारण उत्पन्न विषम परिस्थितीले ग्राहकको हातमा पत्रिका पुर्याउन सक्ने स्थिती नरहेको, बजार पूर्ण रुपमा बन्द रहेको, न्युज प्रिन्टको अभाव रहँदा मुद्रण व्यवसायीले पत्रिका नियमित प्रकाशन गर्न नसक्ने जानकारी गराएका कारण नियमित रुपमा पत्रिका प्रकासनमा समस्या भएकाले चैत २१ गते सम्म बन्द गरिएको हो । 

निरन्तर सूचना पाउने आम पाठकको हक कुण्ठित हुन नदिन पत्रिकाको अनलाईन संस्करण भने नियमित रुपमा सञ्चालन हुने जानकारी दिइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *