सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा चार जना

 

साउन ९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चार जनालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा चारजनालाई नियुक्त गरेको छ । 

बैंकका हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मा लाई आगामी कार्तिक १ गतेबाट लागु हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ । 

null

बैंकको स्थापनाकाल देखिनै आबद्ध चारै जनाले विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ । “भित्र सिस्टम र बाहिर इमेज” को नारालाई अगाडी बढाएका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा चार जनाले हासिल गरेको अनुभवले बैंकलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरे । 

करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरिसकेका छन् । खत्री अन्तर्गत हाल संस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एस.एम.ई. युनिट तथा सहवित्तियकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन् । 

१९ वर्षको बैंकिंग अनुभव भएका पारस कुमार काफ्ले विभिन्न ओहदामा रही बैंकिंग सेवा प्रवाह गरिरहेका छन् । शाखाको सञ्चालन तथा व्यवस्थापन, निति नियमको अनुपालन, संस्थागत कर्जा तथा एस.एम.ई. कर्जा जस्तो क्षेत्रमा अब्बल रहेका काफ्ले हाल प्रमुख सञ्चालन अधिकृतको रूपमा काम गर्दै आइरहेका छन् । 

यसैगरी १९ वर्ष देखि बैंकिंग क्षेत्रमा काम गर्दै आइरहेका राजेन्द्र लाल श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा दक्षता छ । हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् । 

यता १८ वर्ष देखि वाणिज्य बैंकमा कार्यरत उमंग शर्माले लामो समयसम्म कर्जा विभागमा काम गरेका छन् । हाल उनी प्रमुख प्रशासकीय अधिकृतको रूपमा छन् । उनी अन्तर्गत मानव संसाधन विभाग, सामान्य सेवा विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । शर्मा बैंकको प्रवक्ता समेत हुन् । 

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *