महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच उपचार सम्झौता

 भदौ १७, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पतालबीच गुणस्तरीय उपचारमा छुट सम्झौता भएको छ ।   

बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रालिसँग भदौ १० गते सो सम्झौता गरेको हो ।   

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृ 

सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् ।   

साथै बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत, रेडियसन थेरापी र बीचथेरापीमा ५ प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *