फेरी अर्की अभिनेत्रीले आदित्य पंचोलीमाथि दुष्कर्मको आरोप, मुद्दा दर्ता गरिन्

  

 

असार १३, भारत ।  बलिउड फिल्म अभिनेता आदित्य पंचोलीविरुद्ध मुम्बईको वर्सोवा थानामा एक अभिनेत्रीले दुष्कर्मको मुद्दा दर्ता गराएकी छिन् । 

null

द हिन्दु पत्रिकामा प्रकाशित यो समाचार अनुसार वर्सोवा पुलिसले दिएको जानकारी अनुसार आरोप लगाउने अभिनेत्रीले बिहिबार पुलिसलाई आफ्नो बयान दर्ता गराएकी हुन् । 

मुम्बई पुलिसका प्रवक्ता डिसिपी मंजुजाथ सिंघेले भने, ‘हामीले बलात्कार, गलत आचरण, कुटपिट र आपराधिक रुपमा धम्की दिएको मुद्दा दर्ता गरेका छौं ।’ 

पत्रिकाका अनुसार आरोप लगाउने अभिनेत्रीले आफू सन् २००५ देखि २००८ को बीचमा आदित्य पंचोलीसँग सम्बन्धमा भएको बयान दर्ता गराएकी छिन् । यतिबेला पंचोलीले आफूमाथि उत्पीडन गरेको उनको आरोप छ । 

पंचोलीले उनलाई घरको कोठामा बन्द गरेको र उनलाई शारीरिक रुपमा उत्पीडन गरेको आरोप लगाएकी छिन् । 

वर्सोवा पुलिस स्टेशनका एक अधिकारीले भने, ‘हामीले पीडितको बयान दर्ता गरेका छौं । यो मामला थुप्रै वर्ष पुरानो हो त्यसकारण हामीले पीडितले भनेको स्थानमा गएर अनुसन्धान गर्नुपर्छ ।’ 

बलिउडकी अर्की नायिका कंगना रनावतले पनि पंचोलीले आफूलाई करियरको सुरुवाती दिनमा शारीरिक र यौनिक हिंसा गरेको आरोप लगाएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *