उचित कारण नदेखाई कर्मचारीलाई अध्ययन बिदा दिइँदैन: मन्त्री पण्डित

 

साउन २१, काठमाडौं । अब कर्मचारीहरुले व्यक्तिगत प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नपाउने भएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालयमा फोनको दुरुपयोग भएको भन्दै कर्मचारीहरुलाई कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने प्रष्ट पारेका हुन् । 

null

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन बिदा नदिने बताए । 

अध्ययन बिदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर अध्ययन नगरी जागिर गरेको समेत पाइएको उनले स्पष्ट पारे । 

‘अध्ययन बिदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको छ । अब उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिइनेछ । मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिन्छ अन्यथा अध्ययन बिदा दिइँदैन’, उनले भने । 

समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गरे । 

बैठकमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सरकारी कर्मचारीलाई पुनर्ताजगी बिदा दिने प्रस्ताव गरेका थिए । 

समिति सदस्य शर्माले कर्मचारी विदामा बसेपछि पुनर्ताजगी भएर अफिस आउनुपर्ने उल्लेख गर्दै ‘घर बिदा’ भन्ने व्यवस्था हटाएर ‘पुनर्ताजगी बिदा’ भनेर लेख्ने प्रस्ताव गरेका हुन् । 

‘‘घर बिदा काटेर पुनर्ताजगी बिदा लेखौं । फ्रेस भएर आउने हो नि त । हैरान, थकान भइकन कसरी काम गर्ने ? पुनर्ताजगी बिदा पनि हुनुपर्‍यो । झन् थाकेर आउने बिदा कहाँ हुन्छ ?’, शर्माले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *