नायिका प्रियंका र नायक आयुष्मान अभियानकर्मीमा नियुक्त
मकालु खबर
२०७५ फागुन १४ गते
फागुन १३, काठमाडाैँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ।
देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो ।
केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गरेका उनीहरूले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
null
मकालु खबर
२०७५ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित