अनुगमनमा भेटियो म्याद कटेका पेय पदार्थ

किशोर खनाल

माडी। जिल्ला पशु सेवा कार्यालयको नेतृत्वमा शनिबार माडीका विभिन्न स्थानहरूमा अनुगमन भएको छ ।
कार्यालयले माडी नगरपालिकाको वडा नं. १ स्थित बरूवा, चैनपुर, वडा नं. ३ को वसन्तपुर बजारमा सञ्चालित मासु पसल, मिटमार्ट तथा बधशाला, पशु औषधि पसल साथै पाडा पालन केन्द्रको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा यस क्षेत्रमा सञ्चालित एग्रोभेट तथा मासु पसलहरू समग्रमा मापदण्डअनुसार नै सञ्चालनमा रहेको पाइएको अनुगमन टोलीले जनाएको छ । आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता छ कि छैन, म्याद नाघेका सामानको बिक्री भइरहेको छ कि, मासु पसलहरूको अवस्था कस्तो छ भनेर अनुगमन गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक डा डिल्लीराम सेढाईँले बताए ।

तर, मासु व्यवसायीले किराना सामान पनि बेच्ने भएकोले किराना सामानमा अनुगमन गर्दा प्राय पेयपदार्थमा म्याद नाघेको पाइएकोले त्यस्ता सामग्रीलाई तत्काल नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा ढुङ्गानाले जानकारी दिए ।

साथै जिल्ला पशु सेवा कार्यालयले माडीमा रहेको सेवा केन्द्रमार्फत बहुवर्षीय घाँससमेत वितरण गरेको छ । पशुपालक कृषकहरूका लागि नेपियर, मोलाटो, सुम्बासिटारिया गरी करिब बीस हजार स्लिप विरूवा वितरण गरिएको कार्यालयले जनाएको छ । जिल्ला पशु सेवा कार्यालय, जिल्ला पंक्षी कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकार संरक्षण मञ्च, पत्रकारलगायतको टोलीले अनुगमन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *