बिजुलीको पोलमा निर्मलाको तस्बिर : ‘सरकार भेटियो, न्याय भेटिएन’

काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अझै देख्न पाइन्छ ।  

नयाँ युगको थालनी भन्दै पत्रपत्रिकामा समेत यही शैलीमा ‘ज्याकेट विज्ञापन’ छापेपछि एकथरीले अनावश्यक तडकभडक भन्दै आलोचना पनि गरे । 

 

null

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यार पत्ता लगाउन नसक्ने सरकारले सामाजिक सुरक्षा दिन सक्दैन भन्ने व्याख्या समेत भयो । 

सामाजिक सञ्जालमा प्रधानमन्त्रीको तस्बिर भएको ठाउँमा निर्मलाको तस्बिर राखेर न्याय चाहियो भन्नेहरु पनि देखिए । अहिले भने यही शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेर बिजुलीको पोलमा निर्मलाको तस्बिर नै टाँगिएको छ । निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनाएर पोलपोलमा टाँगेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *