कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो, ८९ हजार संक्रमित
मकालु खबर
२०७६ फागुन १९ गते
फागुन १९, काठमाडौं । चीनबाट फैलिएको नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । गत डिसेम्बरमा चीनको बुहान क्षेत्रबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
चीनमामात्रै दुई हजार ९१२ जनाको मृत्यु भएको छ भने,। चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ ।
यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुई दुई जनाले ज्यान गुमाएका छन् । थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक÷एक जनाको मृत्यु भएको छ ।
८९ हजारमा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् ।
मकालु खबर
२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित