वाराणसीमा मोदीलाई दोब्बर बढी अग्रता, पछि पर्यो कांग्रेस

 

जेठ ९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा दोब्बर बढी अग्रता लिएका छन् । 

वाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका प्रधानमन्त्री मोदीले प्रारम्भिक मतगणनामा कांग्रेस उम्मेद्वारलाई दोब्बर बढी मतले पछि पार्दै अग्रता लिएका हुन् । 

null

भारतीय सञ्चार माध्यमका अनुसार मोदीले हालसम्म ११ हजारको अग्रता लिएका छन् । मोदीले २१ हजार २ सय ३६ मत ल्याएका छन् भने कांग्रेसका अजय रायले ९९८४ मत ल्याएका छन् । 

बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ । आजतकका अनुसार, सत्तारुढ गठबन्धन एनडीए ३१० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका १११ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *