गोली हान्ने धम्की दिई ५ लाख माग्ने प्रेमी–प्रेमिका पक्राउ
मकालु खबर
२०७६ जेठ ११ गते
जेठ १०, काठमाडौं । अपहरण गरी हत्या गर्ने धम्की दिँदै फिरौती माग्ने प्रेमी–प्रेमिका पक्राउ परेका छन् ।
काठमाडौंको बुद्धनगरका औषधी व्यवसायी सीताराम कार्कीलाई ‘५ लाख रुपैयाँ नदिए छोरालाई अपहरण गरेर गोली हानी हत्या गर्छु’ भन्दै धम्की दिने कैलालीका २४ वर्षीय लोकेन्द्र बहादुर शाही र २० वर्षीया रुबी ठाकुर पक्राउ परेका हुन् ।
null
उनीहरु २ जना प्रेमी–प्रेमिका रहेको अनुसन्धानमा खुलेको छ ।
प्रेमिका ठाकुरको योजनामा प्रेमी शाहीले धम्क्याएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए । कार्कीले दिएको उजुरीका आधारमा दुवैलाई गौशालाबाट नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
अनुसन्धान अधिकारीका अनुसार ठाकुरको कार्कीसँग पहिल्यैदेखि चिनजान थियो । उनले रकम हात पार्न प्रेमीलाई प्रयोग गरेकी थिइन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित