भारतबाट ४० जना नेपाली महिलाहरूको उद्धार

कात्तिक १९, काठमाडौँ । भारतको उत्तर प्रदेशबाट ४० जना नेपाली महिलाहरुको उद्धार गरिएको छ । भारतको गाजियावाद इन्द्रपुरमस्थित एक होटलको तीन फ्ल्याटमा थुनिएर राखिएको अवस्थामा ३७ जना र दिल्लीको कोठीबाट अन्य तीन जनालाई उद्धार गरिएको हो । 

३७ जनालाई बेच्नका लागि लगिएको उद्धारकर्मीहरुले बताएका छन् । उद्धार गरिएकाहरु कञ्चनपुर, बाँके, रुकुम, सिन्धुपाल्चोक, दाङ, इलाम, काठमाडौँ, दैलेख, मोरङ, उदयपुर, तेह्रथुम लगायतका जिल्लाका रहेका छन् । 

उत्तर प्रदेश प्रहरीको सहयोगमा माइती इन्डियाको टोलीले उद्धार गरी उनीहरुलाई नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा जिम्मा लगाएको बताइएको छ । 

null

नेपाली चेलीलाई भारतको कोठीमा पुर्याउन पाँच जनाको गिरोह सक्रिय रहेको पाइएको छ । उद्धार गरिएकाहरुलाई दुई दिनदेखि दुई महिनासम्म राखेर भारतको कोठी तथा अन्य खाडीमुलुक पठाउने गरेको उद्धारकर्मीहरुले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *