नेपाल आइडलका सुमितले जब अस्मितालाई यसो भने !
मंसिर २३, झापा । नेपाल आइडल सिजन २ यतिबेला ग्राण्ड फेनालेको संघार तिर छ । शुक्रबारको एपिसोडबाट नवलपरासीका अमित बराल बाहिरिए पछि चार प्रतिष्पिर्धी विच उपाधीका लागि होड चलिरहेको छ । यसमा झापाका दुई प्रतिष्पर्धीको प्रतिष्पर्धा भने बडो रोचक देखिएको छ ।
झापाका सुमित पाठक र अस्मिता अधिकारी एउटै जिल्लाका भएपनि दर्शक समेत बाँडिएका छन् । झापामा यतिबेला अस्मिता र सुमितका फ्यानहरुले टोलटोलमा भोटिङ अभियान चलाएका छन् ।
null
नेपाल आइडलको मञ्चमा एक प्रतिष्पर्धीले अर्को प्रतिष्पर्धीलाई उच्च सम्मान गरेको देख्न पाइन्छ । जब कुनै प्रतिष्पर्धी मञ्चबाट बाहिरीन्छन्, भएका सबै आँखाभरी आँसु निकालेर रुन थाल्छन्, एक अर्कालाई अंकमाल गर्छन् । यो हेर्दा दर्शकको मनपनि रुन्छ । प्रतिष्पर्धाबाट बाहिरिएका कलाकार प्रति सहानुभूति प्रकट हुन्छ ।
हिजो शनिबार अस्मिता र सुमित आफ्नो गृह जिल्ला जाने कार्यक्रम थियो । सोहि अनुसार दुई जना भद्रपुर विमानस्थलमा आए । दुवै एउटै जिल्ला बासी र सुमधुर स्वरका धनी भएपनि उनीहरुको स्वागतमा एयरपोर्टमै जिल्लाबासी नउर्लने कुरै भएन । सुमित र अस्मिता १२ बजे भद्रपुर एयरपोर्ट ओर्लदा आफ्ना परिवार, आफन्त र आफ्ना शुभचिन्तकले पुरै घेरिए ।
दुवै एउटै जिल्लाको भएपछि स्थानीय युवा तथा भोटिङ अभियानमा समेत दुवैलाई दुई ओटा गाडीमा सँगै लैजाने सहमती भएको रहेछ । सोहि अनुरुप सुमित पाठकका फ्यानले लिएर आएको गाडीमा अस्मिता चढिन् । जब अस्मिता गाडीमा बसिन्, सुमित पाठकले किन आफ्नो गाडीमा चढाएको ? भन्दै आक्रोस ब्यक्त गरे । अस्मिताले चलेको गाडी तर्फ इङिगत गर्दै सुमितले ‘कस्को गाडी हो यो ?’ भनि आफन्तलाई झर्कदै प्रश्न गरे । ती आफन्तले ‘हाम्रो हो’ भनी उत्तर दिए । त्यसपछि पुनः सुमितले झर्कँदै ‘अनी यो के गर्या ?’ भन्दै झकँदै नराम्रो ब्यवहार देखाए ।
सुमितले त्यसो गरेपछि अस्मिता चढेको गाडी बाटा ओर्लिएर अर्को गाडीमा चढेकी छिन् ।
अस्मिताका भिनाजुले एउटै जिल्लाबासी भएकोले दुवैलाई एउटै गाडीमा लैजाने सहमति भएपनि अन्तिममा एयरपोर्टमा आएर सुमित पाठकले छुट्टाछुट्टै जाने भनेको बताए ।
नेपाल आइडलले कला र गला भएकालाई राम्रो अवसर प्रदान गरेको छ । आफ्नै प्रतिष्पर्धी विच पनि मित्रताको उदाहरण बनाइदिएको छ भनेर ब्यापक प्रचारप्रसार गरिन्थ्यो । आइडलका जज न्यूह बज्राचार्य, कालीप्रसाद बास्काेटा र इन्दिरा जोशीले समेत प्रशंसामा खर्च गरेका ती शब्दहरु हेर्दा सुमितको ब्यवहार आकास जमिनको फरक पाइयो । एपी वान टेलिभिजनको पर्दामा देखिएको धेरै दृश्य ड्रामाले भरिएको रहेछ भन्ने यो दृश्यले प्रष्ट्याएको छ ।
https://youtu.be/jFZ_4EMpL4g