ए डिभिजन लिग :च्यासलले संकटा र मनाङले सरस्वतीसंग प्रतिस्पर्धा गर्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शनिबार दुई खेल हुदैछ । पाँचौ चरणको खेल अन्तर्गत च्यासल युथ क्लबले संकटा युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । 

दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । 

बिहान ११ बजे हुने पहिलो खेलमा च्यासल र संकटा मैदान उत्रनेछन् । दुवै टोलीले लिगमा अपेक्षित प्रर्दशन गर्न सकेका छैनन् । च्यासलले स्टार खेलाडीमा ठुलो धनराशी खर्च गरेपनि सोही अनुसारको प्रर्दशन लिगमा देखाउन सकेको छैन । 

null

च्यासल ४ खेलमा १ जित, दुई हार र एक बराबरी सहित ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ । संकटा ९ अंक सहित छैटौ स्थानमा छ । 

आजै हुने दोस्रो खेलमा मनाङ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सतप्रतिशत जित निकाल्न सफल मनाङ र विदेशी खेलाडीको प्रर्दशनमा राम्राे प्रर्दशन गरिरहेको सरस्वतीबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

लिगको मुख्य दाबेदार मनाङ सरस्वतीको चुनौती पार गर्दै लिगको अंक तालिकामा अंग्रता लिन चाहन्छ । सरस्वती समेत आफ्नो लयलाई कायम राख्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । मनाङ १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । सरस्वती ६ अंक सहित तालिकाको सातौ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *