विराटनगर महानगरपालिकाको न्यायीक समितिमा ५७ वटा मुद्दा दर्ता

विराटनगर, असार ३ । विराटनगर महानगरपालिका अन्तर्गत न्यायीक समितिमा यो आर्थिक वर्षको जेठसम्ममा ५७ मुद्दा परेका छन् । 

२०७५ साल साउन १६ गतेदेखि हालसम्ममा न्यायीक समितिमा ५७ वटा मुद्दा परेकोमा २४ वटा मुद्दा फस्र्याैट भैसकेका छन् भने १७ वटा प्रक्रियामा रहेको र ८ वटा तामेलीमा रहेको विराटनगर महानगरपालिकाको न्यायीक समितिका संयोजक इन्दिरा कार्कीले जानकारी दिइन् । 

 

null

जसमा सबैभन्दा बढी घरजग्गा किचलो, मोही, अनाधिकृत घर, टहरा, बाटो किचलोको १३ वटा मुद्दा परेकोमा ७ वटा फस्र्यौट भैसकेको पनि उहाँले बताइन् । उनले आफूहरुले न्यायाधीश नभई समन्वयकर्ताको भूमिका निर्वाह गरेर मुद्दाको छिनोफानो गर्ने गरेको दावी गरिन् । उनले भनिन् ‘हामीले सवैलाई न्याय दिलाउन समन्वयकारी भुमिका निभाउँछन् ।’ 

यस्तै महिला हिंसाका ७ वटा, अंश मुद्दाका ४ वटा, घर सटर खाली गरार पाउमा १० परेकोमा १० वटै नै फस्र्यौट भैसकेको छ । बाटोको मिचिएर समस्या भएपछि महानगरपालिकाको न्यायीक समितिमा मुद्दा दर्ता गरेको १ महिना नबित्दै समस्या समाधान भएपछि विराटनगर–१५ का स्थानीय ज्ञानबहादुर राईले महानगरपालिकाको न्यायीक समितिको काम छिटो र चित्त बुझ्दो भएको भन्दै धन्यवाद दिए । उनले भने ‘न्यायीक समिति मार्फत एकदमै चाँडो मेरो समस्या समाधान भयो । यसका लागि महानगरलाई विषेश धन्यबाद दिन चाहन्छु । 

नयाँ मुलुकी संहिता आइसकेपछि भने सम्बन्ध विच्छेदको मुद्दा नपरेको पनि महानगरले जनाएको छ । उपमेयरको संयोजनमा विनोद बस्नेत र तीर्थेन्द्र न्यौपाने ३ जनाको न्यायिक समितिले काम गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *