विदेश पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने दम्पती पक्राउ

कार्तिक १७, काठमाडौं । लाओस पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ लामालाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । 

रकम ठगी गरी लाओस र भारतको दिल्लीसम्म पुर्याएर अलपत्र पारी सम्पर्क विहीन भई फरार रहेको भन्ने सूचनाको आधारमा  उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।   

उनीहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलब हुन्छ भन्दै विश्वासमा पारी लाओस पठाइदिन्छु भनी २४ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *