एक लाख घुससहित पक्राउ परे टोखा नगरपालिकाका अधिकृत
मकालु खबर
२०७५ असोज २९ गते
असोज २८, काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै रंगेहात नियन्त्रणमा लिएको हो ।
उपभोक्त समितिमार्फत निर्माण गरिएको सडकको बिल भुक्तानी गर्ने प्रयोजनका लागि उनले घुस माग गरेको अख्तियारले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
null
मकालु खबर
२०७५ असोज २९ गते
प्रतिक्रिया