घरेलु मैदानमा टोटेनहमको सहज जित

एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार भएको खेलमा टोटेनहमले लेष्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डेभीनसन सान्चेज,क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले एक एक गोल गरे । लेष्टरका जेमी भार्डीले एक गोल फर्काए । 

 

null

वेम्बलीमा खेलको ३३ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाए । खेलको ६० औं मिनेटमा लेष्टरले बराबरी गर्ने मौका गुमायो  । 

लेष्टरका जेमी भार्डीले पेनाल्टीमा गोल गर्न सकेनन् । लगत्तै ६३ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए । 

खेलको ७६ औं मिनेटमा लेष्टरका भार्डीले गोल गर्दै खेल २-१ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सनले गोल गर्दै टोटेनहमलाई ३-१ को जित दिलाए  ।जितसंगै टोटेनहमले २६ खेलबाट ६० अंक जोडेको छ । टोटेनहम लिगको तेस्रो स्थानमा छ । ३२ अंकसहित लेष्टर १२ औं स्थानमा छन् । 

जितपछि टोटेनहमले शीर्ष दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटीविरुद्ध अंक दुरी घटाउन सफल भएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *