२४ हजार मत खस्दा ५ सय बढी मत पूर्ण बदर

धरान,असार २६ ।उपमहानगरपालिकामा गणना भइसकेका मतमध्ये २ दशमलव ४ प्रतिशत बदर भएका छन् । आइतबार साँझसम्म करिब ३८ हजार ५ सय मतगणना भए पनि निर्वाचन कार्यालयले अगाडि नै गणना सकिएर घोषणा भइसकेका उम्मेदवारले पाएको २४ हजार ८ सय ४८ मत मतको आधारमा पूर्ण बदर २ दशमलव ४ प्रतिशत देखिएको हो ।

सुनसरीका प्रमुख निर्वाचन अधिकृत अर्जुन कोइरालाका अनुसार धरानजस्तो ठाउँमा २४ हजार ८ सय ४८ मतमा ५ सय ९० मत पूर्ण बदर हुनु एकदमै धेरै हो । कुल ५३ हजार ८ सय १२ मत गणना गरिसक्दा बदर पनि बढ्ने उनले बताए । उनले भने, ‘धेरै मतदाता भएका ठाउँमा बदरको संख्या पनि बढी नै हुन्छ । तर धरानमा बढी मत बदर भएको देखियो ।’ मतपत्रमा ल्याप्चे लगाइएका, सबैलाई छाप लगाए र उम्मेदवारभन्दा बढी छाप लगाएमा पूर्ण बदर मानिन्छ ।

११ दिन बितिसक्दा पनि निर्वाचन परिणाम आउन ढिलाइ भएकाले आइतबारदेखि ५४ जना विज्ञ गणक थपेर गणनालाई छिटो बनाएको कोइरालाले बताए । उनले तीव्र गतिमा मतगणना अघि बढेकाले मंगलबार मध्याहनसम्म अन्तिम परिणाम सार्वजनिक हुन सक्ने बताए । अहिले विवादित ९ र १० सहित १५, १६, १७, १८, १९, २० वडाको मतगणना भइरहेको छ ।

पछिल्लो मतगणना विवरणअनुसार आइतबार साँझ ६ बजेसम्ममा एमाले ३ हजार ३ सय मतले अग्रता लिएको छ । मतपरिणामअनुसार एमालेका मेयर उम्मेदवार तारा सुब्बाले १४ हजार २ सय ९५, उपमेयर मञ्जु भण्डारीले १४ हजार ४ सय ७८, कांग्रेसका मेयर उम्मेदवार तिलक राईले १० हजार ९ सय ७५, उपमेयर श्यामा रेग्मीले १० हजार ४ सय ३३ प्राप्त गरेका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *