प्रभु बैंक र बीर अस्पतालबीच सम्झौता

 

साउन ३, काठमाडौं । प्रभु बैंक लिमिटेड र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच २४ घण्टे क्यास काउण्टर सञ्चालन सम्बन्धी सम्झौता भएको छ । 

सम्पन्न सम्झौता बमोजिम आज (शुक्रबार) देखि काठमाडौं महाबौद्धस्थित बीर अस्पतालको परिसरमा प्रभु बैंकको बैंकिङ्ग सेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । 

null

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहका बीच आजै अपरान्ह ३ः०० बजे उक्त २४ घण्टे क्यास काउण्टरको उद्घाटन गरे । 

बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन् । 

प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अबदेखि बीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै बिरामीले आप्mनो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *