कामना सेवाकोे ६९ औं शाखा झापाको दमकमा
मकालु खबर
२०७५ फागुन २८ गते
फागुन २७, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आजबाट झापाको दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा ६९ औँ शाखा बिस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शिघ्र सञ्चालनमा ल्याउने बताउँद बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराएका थिए ।
null
मकालु खबर
२०७५ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित