सरुवा गरेकै कारण डाक्टरले राजीनामा दिएका हुन् ? के भन्यो स्वास्थ्य मन्त्रालयले ?

मंसिर ५, काठमाडौँ । वीर अस्पतालका प्रा.डा. ध्रुवराज अधिकारीको राजिनामा सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । 

वीर अस्पतालस्थित न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. अधिकारीले विगत एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा कामकाज गर्दै आएको र डिमान्ड अनुसार चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका थिए । 

यस विषयमाथि स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको हाे । स्वास्थ्य मन्त्रालयले अधिकारीको चाकडी र घुस भन्दै दिएको राजीनामा सम्बन्धमा सरुवा भएको ठाउँमा अनिवार्यरुपमा जानुपर्ने नियमको उल्लंघन गरेको स्पष्टीकरण दिएको छ । 

null

वीर अस्पतालबाट पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सरुवा गरिएका कारण उनले राजीनामा दिएको मन्त्रालयले दाबी गरेको हो । 

भनेकै स्थानमा सरुवा गर्न खटाइएको ठाउँमा १ पटक हाजिर गर्नैपर्ने प्रावधानअनुसार आग्रह गर्दा पनि अटेर गरी राजीनामा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखि वीर अस्पतालमा कार्यरत डा. अधिकारीलाई बढुवापछि नियमानुसार अर्को ठाउँमा पदस्थापन गरिएको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *