पीपीएलः सन्दिप टोली विराटनगरको पहिलो जित, बुटवल १२ रनले पराजित

कात्तिक १४, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारको दोस्रो खेलमा विराटनगर टाइटन्स विजयी भएको छ । 

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै सन्दीप लामिछानेको टोली विराटनगर विजयी भएको हो । 

विराटनगरका किशोर महतोले मेडन ओभर फालेपछि विराटनगरले जित हात पारेको हो। यसअघि लगातार ३ खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो। 

null

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य वुटबलले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन मात्र जोड्न सक्यो। 

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनमात्रै बनाउन सक्यो। 

बुटवलका लागि भीम सार्कीले अर्धशतकीय पारी खेलेका थिए। ४२ बलमा उनले ४ चौका र एक छक्का प्रहार गरे। यस्तै सागर पुनले २९ र शंकर रानाले २३ रन जोडे। 

विराटनगरका कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २–२ विकेट लिए। सहाब अलाम र सुनिल धमलाले एक एक विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो। 

विराटनगरका विदेशी ९पाकिस्तानी० खेलाडी मोहम्मद जाहिद अलामले उत्कृष्ट ब्याटिङ गरे । 

अलामले ४५ बलमा ७२ रनको पारी खेले। सो क्रममा उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै प्रदीपसिंह ऐरीले ४१ रन जोडे। जितेन्द्रसिंह ठकुरीले २ रन बनाए भने जायद र प्रदीप ऐरीले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । अर्का ओपनर सुनील धमला भने डकआउट भए। 

यस्तै राजेशपुलामी मगरले १, राजु रिजालले ८, सन्दीप लामिछानेले १ रन बनाए भने प्रदीप ऐरीले ४१ रन बनाए। उनले ४३ बलमा ३ चौका प्रहार गरेका थिए। विराटनगरका लागि पुष्प थापाले नटआउट ४ रन जोडे। 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *