घाटा भयो भन्दै किसानले बढाए अण्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

२०७६ असोज ३ गते

असोज ३, काठमाडौं । व्यावसायमा घाटा बढेको भन्दै किसानहरुले अण्डाको मूल्य बढाएका छन् ।
चितवनका कुखुरापालक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको हो ।
यसअघि प्रतिक्रेट २२० रहेको ठूलो अण्डाको मूल्य बढाएर २५० पुर्याइएको छ । सानो अण्डाको मूल्य भने केही दिन स्थीर रहनेछ । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिए ।

२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित