नेकपा सचिवालय बैठक बस्दै, टुंगिएला स्कूल विभागको नेतृत्व विवाद ?

 

साउन ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । 

आज (बिहीबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा स्कूल विभागको नेतृत्व विवादमा छलफल हुने बताइएको छ । 

null

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा अहिले तीव्र विवाद छ । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । स्कुल विभागमा सचिवालय सदस्यका दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । नेता घनश्याम ढकालले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। 

पछिल्लो समय वरिष्ठ नेता झलनाथ खनालको नाम पनि स्कुल विभाग प्रमुखमा जोडिएर आउन थालेको छ। 

यसै विषयमा नेता योगेश भट्टराईले पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए । कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा मात्रै जिम्मेवारी दिनुपर्ने उनको जोड दिएका थिए । 

कसैलाई पनि स्थायी रुपमा कुनै जिम्मेवरी दिनु नहुने, हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गर्नुपर्ने उनको धारणा छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *