चितवनमा ढाट प्रकरण उग्र बन्दै, स्थानीयले गरे आगजनी

 

जेठ ३, चितवन । पूर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको गोन्द्राङमा रहेको सडक दस्तुर केन्द्र (ढाट) मा शुक्रबार आगजनी गरिएको छ । सडक प्रयोगकर्ताहरुको एक समुहले सो ढाटमा आगजनी गरेको हो । 

आगो तुरुन्तै नियन्त्रणमा लिएकाले धेरै क्षति हुन भने पाएन । आगो निभाउने क्रममा प्रहरी सहायक निरिक्षक कल्पना खड्का घाइते भएकी छिन् । यस अघिको ठेकदारले मोटरसाईकल र स्थानिय व्यवसायीहरुलाई छुट दिएता पनि नयाँ ठेकेदारले शुल्क लिएपछि विषेशगरी पूर्वी चितवनका स्थानीय आक्रोसित भएका थिए । 

null

नयाँ ठेक्का पाएको व्रिटानिक मौलाकालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले जेठ १ गतेदेखि सबैसँग शुल्क उठाइरहेको छ । पूर्व सहमतीले निरन्तरता नपाएको र ढाट जिरो पोईन्टमा सार्नुपर्ने माग गर्दै दुई दिन अघि पूर्वी चितवनका उद्योगी व्यवसायीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापन पत्र समेत बुझाएका थिए । 

एउटै जिल्लाभित्र आवतजावत गर्दा समेत पटकैपिच्छे दस्तुर तिर्नुपर्ने अवस्था भएकाले टिकौलीको ढाट स्थानन्तरण गर्नुपर्ने उनीहरुको माग छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समेत सडक दस्तुर संकलन केन्द्र उपयुक्त स्थानमा नभएको भन्दै सडक बोर्ड नेपालमा कुरा गरिरहेको बताएका थिए । 

सडक बोर्ड नेपालले नारायणगढ हेटौँडा सडक खण्डमा सडक उपयोग दस्तुर संकलनको लागि चितवनको सदरमुकाम भरतपुर र पूर्वीचितवनको बिचको गोन्द्राङ्गमा दस्तुर संकलन केन्द्र राखेर सडक उपयोग दस्तुर संकलन गर्दै आइरहेको छ । सडक प्रयोग गरे वापत मोटरसाईकलले रु ५, जीप भ्यानले रु २० र वस,ट्रक लगायत ठुला सवारीले रु ४० तिर्दै आएका छन् भने नयाँ दर अनुसार अव मोटरसाईकल र तीन पाङ्ग्रेले रु १०,जीप भ्यानले रु ४० र वस,ट्रक लगायत ठुला सवारीले रु १०० तिर्नुपर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *