विद्युतीय बारमा हात्तीलाई करेन्ट लाग्दा मृत्यु

 

असार १४, काठमाडाैँ ।  झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ । 

सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । 

null

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । 

जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए । 

जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *