हतियारधारी व्यक्तिले ब्राजिलको एक इलाकाका नेताको हत्या गरे

 

साउन १३, ब्राजिल ।  उत्तर ब्राजिलको सुदुर संरक्षित जनजाती क्षेत्रमा प्रवेश गरेका दर्जनौं हतियारधारी व्यक्तिले इलाकाका एक नेताको हत्या गरेका छन् । 

अधिकारीले यसबारे जानकारी दिएका छन् । आमापा राज्यको यो गाउँमा बस्ने मानिसहरु डरका कारण त्यहाँबाट भागिरहेका छन् । 

null

एक स्थानीय सामुदायिक नेताले आफूहरुले इलाकालाई पुनः हासिल गर्ने कोसिस गर्ने बताएका छन् । यसले हिंस्रक झडपको खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन् । घटनापछि यो क्षेत्रमा पुलिस पठाइएको छ । 

अमेजनको जंगलमा करिब ११३ यस्ता जनजाती छन् जसको आधुनिक सभ्यतासँग सम्पर्क भएको छैन । यी आदिम जनजातीबारे यदि थाहा भएछ भने पनि उनीहरुसँग सम्पर्क गर्ने कोसिस गरिँदैन । 

टाढा बाटै उनीहरुमाथि निगरानी राखिन्छ किनभने हाम्रो दुनियाँको रोगको सम्पर्कमा आएर उनीहरु लोप हुनसक्छन् । 

 

सेना पठाउन अनुरोधः 

ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोले उनले संरक्षित इलाकाका केही हिस्सा उत्खननका लागि खोल्ने बताइसकेका छन् । त्यसपछि नै अमेजनको इलाकामा तनाव बढेको छ । 

बोलसोनारोका अनुसार जनजातीको क्षेत्र त्यहाँ बस्ने मानिसहरुको तुलनामा निकै ठूलो छ । राष्ट्रपतिले अवैध उत्खननलाई प्रोत्साहन गरेको र संरक्षित इलाकाको अतिक्रमलाई बढाइरहेको आरोप आलोचकले लगाउने गर्छन् । 

वाजापी समुदायका एक नेता जवारुवा वाजापीले शनिबार उत्खनन गर्ने मैरिरी गाउँ कब्जामा लिएको जानकारी दिएका छन् । उनीहरुले ब्राजिलको सरकारसँग इलाकामा सेना पठाउन आग्रह गरेका छन् । 

 

हिंसाको आशंकाः 

सिनेटर रोडोल्फ रोड्रिगेजलाई पठाएको संदेशमा जवारुवा वाजापीले भने, ‘उनीहरुसँग राइफल र अन्य हतियार छन् । हामी खतरामा छौं । यहाँ संघर्ष र धेरैको ज्यान जाने खतरा छ । मलाई लाग्छ कि वाजापीले चाँडै नै कारवाही गर्नेछन् ।’ 

रोड्रिगेजको पार्टी बोलसोनारो सरकारको विरोध गर्छ । रोड्रिगेजले उत्खनन गर्ने ५० व्यक्तिले संरक्षित इलाकाको स्थिती निकै गम्भीर भएको बताएका छन् । 

उनले एक स्थानीय पत्रिकासँग भने, ‘आमापा संरक्षित क्षेत्र निर्धारण भएको ३० वर्षमा यो पहिलो हिंस्रक अतिक्रमण हो । त्यहाँ रगत बग्न सक्छ ।’ 

तनाव बढेपनि आदिम जनजाती नेताको हत्याको मामला कमै सार्वजनिक हुन्छ । मारिएका नेताको पहिचान एमिरा वाजापीको रुपमा भएको छ । उनको शव बुधबार नदी किनारामा भेटिएको थियो । उनीमाथि चक्कु हमला भएको निशाना थियो । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *