पोखरामा दिउँसै लाइट बालेर प्रदर्शन

 

बैशाख १३, काठमाडौं । अखिल क्रान्तिकारी तथा अनेरास्ववियू गण्डकी प्रदेशले शुक्रबार आफ्ना बेपत्ता नेताको खोजी गर्न माग गर्दै दिउँसै लाइट बालेर प्रदर्शन गरेका छन् । 

बेपत्ता भएको १७ वर्षसम्म पनि महासचिव पूर्ण पौडेलको अवस्था अज्ञात रहेको तथा सरकारले केही पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले आज पोखरमा प्रदर्शन गरेको हो । 

null

नेतालाई सार्वजनिक नगरे प्रधानमन्त्री, गृहमन्त्री र तत्कालीन माओवादीका शीर्ष नेताहरुकै तस्विर टाँस्ने प्रदर्शनमा उत्रिएकाहरुको चेतावनी छ । 

बेपत्ता नेता पौडेललाई प्रहरीले काठमाडौँको कालिमाटीमा खाना खान लागेको समयमा नियन्त्रणमा लिएको थियो । उनी बेपत्ता भएको १७ वर्ष भइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *