शपथ ग्रहण भयो तर पदभार ग्रहण भएन

नेपालगन्ज,असार २६ । बांकेको कोहलपुर नगरपालिकामा नवनिर्बाचित जनप्रतिनिधिहरुको गत शनिवार सपथ ग्रहण भएतापनि पदभार ग्रहण हुन सकेको छैन ।

भाडामा सञ्चालन रहेको कोहलपुर नगरपालीकामा मेयर उपमेयर तथा वडा अयक्षहरुका लागी बेग्ला बेग्लै कोठाहरुको अभाबका कारण अहिले सम्म पनि पदभार ग्रहण हुन सकेको छैन । कोहलपुर नगरपालिका कार्यलय कोहलपुर नगरपालिकाको भवनमा भाडाँमा बसेकोले मेयर तथा उपमेयर बस्ने छुटैकोठा समेत नहुदा पदभार समेत गर्न सक्नुभएको छैन् ।

२० बर्षपछि सफतापूर्वक सम्पन्न भएको निर्वाचनमा काम गर्नका लागि जनताबाट निर्वाचित जनप्रतिनिधि नै बस्ने कोठाको व्वस्था नहुदा भने जनताहरु नै आश्र्चयमा कोहलुरका स्थानिय आश्र्चयमा परेका छन् । नेकपा एमाले तर्फका कोहलपुर गाविसमा २०४९ साल र २०५४ सालमा गाविस अध्यक्षमा निर्वाचित हुनुभएका मेयर लुट बहादुर रावतले दुइ दुइ पटक गाविस अध्यक्ष हुदा समेत गाविस भवन बनाउन नसकी मेयर भइ बस्ने कोठा नहुनु लुट बहादुर मयेर पद नै लाज मर्दो भएको कोहलपुर नगरपालिका वडा नम्वर १० का वडा सदस्य ओम प्रकाश वर्नवालको भनाइ छ ।

नगरपालिकाको आफ्नै भवन नहुदा विराका बञ्चा सरेजस्तै गरी बर्षमा कोहलपुर नगरपालिका कार्यलयले गत बर्ष मात्रै ४ ओटा घरमा कार्यलय सारेको छ । कोहलपुर नगरपालिकाको कार्यालय नगर विकास समितिको भवनमा भाडाँमा रहेकाले जनप्रतिनिधि बस्ने छुट्टै कोठा नहुदा पदभार ग्रहणमा ढिलाई हुन गएको कार्यकारी प्रमुख माधव प्रसाद शर्माले बताउनुभयो । छिट्टै भाडामा कोठा लिईएर ब्यवस्थापन गर्ने तयारीमा जुटेको बताउदै शर्माले अबको एक दुई दिनमा पदभार ग्रहण गराउने बताउनुभयो ।

पदभार ग्रहण नुहदा निर्वाचित मेयर लुट बहादुर रावत र उपमेयर सन्जु कुमारी थारुले पहिलो बैठक समेत आयोजना गर्न सकेका छैनन । कोहलपुर नगरपालिकाको आफनै कार्यालय नहुदा पदभार ग्रहणमा समस्या भएको हो । बांकेका रहेका ८ वटा संरचना मध्ये कोहलपुर नगरपालिकामा मात्र जनप्रतिनिधि बस्ने ठाउको अभाव भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *