जम्मु कश्मीरकाे एक गाउँमा गाेली हानेर पाँचकाे हत्या, एक घाइते

कात्तिक १३, काठमाडौं । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो । जम्मु कश्मीर प्रहरीले टि्वटर मार्फत घटना भएकाे जनाएकाे छ । 

मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । जस मध्ये तीन जनाकाे पहिचान जम्बु कश्मीर प्रहरीले गरिसकेकाे छ । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

null

आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन् । आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेशन सुरु गरिएको छ । 

युरोपीय संसदको एक प्रतिनिधिमण्डल जम्मु-कश्मीरको अवस्था बुझ्न भ्रमणमा आएको बेला आतंकवादी गतिविधि बढेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *