प्रदर्शन गर्न पानीले नि छेकेन रविका समर्थकलाईः माइतीघरमा पानी भिज्दैँ प्रदर्शन
भाद्र ९, काठमाडौँ । नुवाकोटको पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेको रिहाईको माग गर्दै काठमाडौँमा रवीका समर्थकले प्रदर्शन गरी रहेका छन् ।
घामपानी केही नभनी यस्तो झरीमा पनि पानीमा भिज्दैँ उनका समर्थकले साेमबार दिउँसाे देखी बिभिन्न नाराबाजी गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
उनका समर्थकहरुले बुद्धको तस्बिर, नेपालको झण्डा र विभिन्न नारा लेखेको ब्यानर बोकेर पानीमा भिज्दै प्रदर्शन गरिरहेका छन्। पत्रकार पुडासैनीले मृत्यु हुनु पूर्व आफ्नो मृत्युको दोषी लामिछाने, युवराज कँडेल, रुकु भन्ने अस्मिता कार्की भएकाे भन्ने भिडियो सार्वजनिक भएसँगै लामिछाने सहित कँडेल र कार्की पनी पक्राउ परेका थिए ।
लामीछाने पक्राउ परेपछी उनका समर्थकल बिभिन्न नाराबाजी सहित उनको रिहाईको माग गर्दै प्रदर्शन गर्दै आईरहेका छन् । यस अघी उनका समर्थकले शनिबार, आइतबारदेखि नै बानेश्वरदेखि माइतीघर क्षेत्रमा प्रदर्शन गरेका थिए ।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका लामिछाने, कँडेल र अस्मिताको प्रहरीमा बयान सकिएर हाल चितवन जिल्ला अदालतमा मुद्दा पुर्पक्षका लागि थुनछेक बहस चलीरहेको छ ।