समुदायबाट रकम संकलन गरी उपत्यकामा ७४ वटा सीसी क्यामरा जडान
मकालु खबर
२०७६ असार ३ गते
असार २, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले काठमाडौँमा ७४ वटा सीसी क्यामेरा जडान गरेको छ ।
वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा प्रहरी वृत्त बानेश्वरले समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरी काठमाडौंका विभिन्न स्थानमा ७४ वटा सीसी क्यामेरा जडान गरेको हो ।
null
सोमबार सीसी क्यामेराको उद्घाटन गर्दै महान्याधिवक्ता अग्निप्रसाद खरेलले यसको माध्यमबाट प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने विश्वास व्यक्त गरे ।
सीसी टीभीमार्फत् प्रहरीलाई अपराध अनुसन्धान गर्न तथा अपराधिलाई कानुनको दायरामा ल्याउन सहज हुने उनको भनाइ छ ।
मकालु खबर
२०७६ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित