प्रधानमन्त्री ओली स्वदेश फिर्ता

असार १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । 

युरोपका स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको साताव्यापी युरोप भ्रमण सकेर प्रम ओली आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । 

यही जेठ २५ गते युरोप भ्रमणमा निस्केका प्रधानमन्त्री ओली कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

null

भ्रमणका क्रममा उनले स्विट्जरल्यान्ड, बेलायत र फ्रान्समा आयोजित विभिन्न कार्यक्रममा सहभागीता जनाएका थिए । 

स्विटजरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठनको साधारण सभामा प्रधानमन्त्री सहभागी भएका थिए । 

दुई दिन त्यहाँ रहेर प्रम ओलीले जेठ २७ गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्नुका साथै त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गरी स्वदेश फर्कन आह्वान गरेका थिए । बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी टेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग पनि भेटघाट गरेका थिए।  

बेलायतमा प्रम ओलीलाई काम्बली रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालय त्यहाँ रहेका गोरखा सैनिकले सलामी अर्पण गरेका थिए । उनलाई ‘ब्रिगेड’ मा रहेका गोरखा सैनिकले गार्ड अफ अनर प्रदान गरेका हुन् । प्रधानमन्त्रीलाई गोरखा सैनिकले नेपाली राष्ट्रिय गानको धुन बजाएर स्वागत गरेका थिए । 

बेलायतबाट जेठ २९ गते रेल चढेर प्रधानमन्त्री फ्रान्स पुगेका थिए । त्यहाँ उनले आफ्ना समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । 

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत सहभागी छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *