लकडाउनमा लामो दूरीको बाटो हिँडेर जान नदिन प्रधानमन्त्रीको निर्देशन

वैशाख ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका समयमा लामो बाटो पैदल जान नदिन निर्देशन दिएका छन् । 

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको एक सदस्यले जानकारी दिए । 

सयौं किलोमिटर टाढाका जिल्लावासीहरु समेत दिनहुँ काठमाडौंबाट बालबालिकासहित पैदलै जान थालेपछि यसको चौतर्फी विरोध हुन थालेको थियो । सबै नागरिकहरु सरकारमाथि खनिइरहेका प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो । 

साथै उनले हिँडेर समस्यामा परेका नागरिकलाई खानाको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । जो जहाँ छन्, उसलाई त्‍यहीँ बस्न निर्देशन दिने र खानाको समस्‍या परेकालाई सरकारले व्‍यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बैठकमा बताएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *