राष्ट्रिय जनता पार्टी मोरङले मनायो तेस्रो स्थापना दिवस

विराटनगर, ८ वैशाख । राष्ट्रिय जनता पार्टी मोरङले आफ्नो स्थापना दिवस विराटनगरमा मनाएको छ । सो पार्टीले विराटनगर जलजला चोक स्थीत पार्टी कार्यालयमा जिल्लाका नेता कार्यकर्ताको उपस्थितीमा कार्यक्रम गरी तेस्रो स्थापना दिवस भनाएको हो । 

 

दिवसका अवसरमा राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले संविधान संशोधन गर्ने नियतमा सरकार नरहेकाले सवै मधेशी, आदीवासी जनजाती तथा सिमान्तकृत समुदायले सरकारलाई दवाव दिनुपर्ने बताए । 

null

उनले संविधानमा समान अधिकारको ग्यारेन्टी नभएकाले सवै समुदाय संविधान संशोधनका लागि एकजुट हुनुपर्ने बताए । दिवसका अवसरमा राजमा मोरङले शनिबार साँझ विराटनगरमा द्धिप प्रज्वलन गर्ने अध्यक्ष कादीरले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *