भनिदेउ सरकार के गरी तिम्रो मन गल्छ ओ !

 

मंसिर १५, काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा शनिबार प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शनमा जुटेका युवाहरुले गृहमन्त्रीको राजिनामा माग गरेका हुन् । उनीहरुले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रीको राजिनामा माग गरेका हुन् । 

null

निर्मलाको बलात्कार तथा हत्या भएको लामो समय बितिसक्दा पनि दोषी पहिचान गर्न नसकेको भन्दै युवाहरुले सरकारविरुद्ध नाराबाजी सहित प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रिएका युवाहरुले ‘सरकार भेटियो न्याय भेटिएन, भनिदेउ सरकार के गरी तिम्रो मन गल्छ ओ !, निर्मलालाई न्याय दिँदा तिम्रो सरकार ढल्छ हो ?’ लगायतका निर्मलाको तस्विरसहितको पोस्टर बोकी नाराबाजी गरेका थिए। 

  

उता निर्मलाका लागि न्याय माग गर्दै निर्मलाकी कान्छी आमा र महिला अधिकारकर्मी लगायत धर्नामा छन् । धर्नामा बसेको निर्मलाका आमाबुवा भने उपचारका लागि काठमाडौँमा छन् । 

निर्मलाका बुवा यज्ञराज पन्तलाई मानसिक स देखिमस्याएपछिठमा काडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *