ताइवान बन्याे समलिङ्गी विवाहलाई मान्यता दिने प्रथम राष्ट्र

 

जेठ ५ ।  ताइवानको संसदले एक ऐतिहासिक निर्णय गरेको छ । ताइवान एशियाको पहिलो यस्तो देश बनेको छ जहाँ समलिङ्गी विवाह अब गैह्रकानूनी रहेन । 

शुक्रबार संसदमा यो विधेयकका लागि मतदान भयो । त्यसपछि संसदले यस्तो निर्णय लिएको हो । सन् २०१७ मा द्वीपको संवैधानिक अदालतले समलिङ्गी जोडीलाई विवाह गर्न अनुमती नदिनु संविधानको उल्लंघन भएको बताएको थियो । 

null

संसदलाई दुई वर्षको समय दिइएको थियो र २४ मेसम्म यो कानूनलाई पारित गर्ने समय थियो । यो क्रममा तीन विभिन्न विधेयकमा चर्चा गरियो जसमध्ये सर्वाधिक प्रगातिशील मानिने सरकारी विधेयकलाई मञ्जुरी दिइयो । 

यो निर्णयको प्रतिक्षामा राजधानी ताइपेमा वर्षाका बावजूद संसद बाहिर समलिङ्गी अधिकारका हज्जारौं समर्थक जुटिरहे । यो निर्णय आएलगत्तै संसदले समलिङ्गी विवाहसँग जोडिएको विधेयकलाई मंजुरी दिएको छ । उनीहरु खुसीले उफ्रिए र भावुक भएर एक–अर्कालाई अँगालो हाले । 

यद्यपी, रुढिवादी विपक्षी यो निर्णयबाट रिसाएका थिए । 

बिलमा के छ ? 

रुढिवादी सांसदद्वारा प्रस्तुत गरिएका दुई अन्य विधेयकमा विवाहको साटो सेम सेक्स फ्यामिली रिलेशनशिप वा सेम सेक्स युनियनको उल्लेख गरिएको थियो । 

तर धर्मपुत्र–पुत्रीका लागि सिमित अधिकार दिने एकमात्र सरकारी विधेयक संसदमा बहुसंख्यक डेमोक्रेटिक प्रोगेसिभ पार्टीका सांसदको समर्थनको साटो ६६–२ भोटसहित पारित गरेको थियो । 

अब ताइवानका राष्ट्रपति साइ इंग–वेनको मुहरपछि यो कानूनको रुपमा प्रभावकारी हुनेछ । 

यसमा मतदानअघि थुप्रै समलिङ्गी कार्यकर्ताले उनीहरु यो विधेयकलाई मात्र स्विकार गर्ने बताएका थिए । 

ताइवानको ‘म्यारिज इक्वालिटी कोअलिशन अधिकार समूह’ की मुख्य संयोजक जेनिफर लूले बीबीसीलाई भने, ‘यो पूर्ण रुपमा विवाहको अधिकार होइन । हामी एक विदेशी र ताइवानी नागरिकबीच समलैंगिक विवाह र मिान शिक्षाको लैंगिक अधिकारको विषयमा अहिले स्पष्ट छैन । यो निकै महत्वपूर्ण पल हो तर हामी आफ्नो लडाईं जारी राख्नेछौं । हामी आफ्नो भविष्यका लागि यो महत्वपूर्ण अधिकार चाहन्छौं ।’ 

  

ताइवानका गायक जोलिन साइले फेसबुकमा एक तस्बिर पोष्ट गरेर आफ्नो खुसी व्यक्त गर्दै लेखे, ‘बधाई छ । हामी सबै यो खुसीका पात्र हौं ।’ एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *