नेविसंघका अध्यक्ष महरले दिए राजीनामा
मकालु खबर
२०७५ माघ २८ गते
माघ २८, काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष महर सोमबार पार्टीको केन्द्रिय कार्यालय पुगी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गरेका छन् ।
नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।
null
अध्यक्ष महरले राजीनामा बुझाएपछि अब तदर्थ समिति गठन हुने र त्यसैबाट महाधिवेशन आयोजक समिति गठन हुने बताइएको छ । तदर्थ समितिले ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
मकालु खबर
२०७५ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित