फिल्ममा चर्चित नायीकाको फ्लप टीभी शो यस्ता छन्

काठमाडौं, असार २७ । मनोरञ्जनको दुनियाँमा आफ्नो नाम कमाउनु सजिलो छैन । चाहे बलिउडमा सुपरस्टार हुन् या सानो पर्दाका ठूला स्टार हुन् । जसरी टीभीको क्षेत्रमा आफ्नो नाम कमाएपछि बलिउडमा सुपरस्टार आफ्नो भाग्य परीक्षण गर्छन् ।

त्यस्तै बलिउडका केही चर्चित अभिनेत्री छन् जो बलिउडमा आफ्नो स्टारडमको झण्डा फहराएपछि पनि सानो पर्दामा टिक्न सकेका छैनन् । यहाँ हेरौँ फिल्मीबिटको रिपोर्टमा आधारित यो सामग्री ठूला पर्दाका सुपरस्टार सानो पर्दामा टिक्न सकेनन् ।

बलिउडमा आफ्नो सुनौलो पारी पूरा गरेपछि यस्ता सुपरस्टार टीभीको क्षेत्रमा आफ्नो परीक्षण गर्न आएका हुन् । र, यस्ता स्टारको सूची निकै लामो पनि छ । तर टीभीमा प्रवेशपछि उनीहरूको भाग्य सबल र सफल नभएको प्रमाणित हुन्छ । यो सूची हेरौँ टीभीमा सुपरफ्लप प्रमाणित भएको कुनै समयका बलिउडका सुपरस्टारः

१. श्रीदेवी
श्रीदेवीले सन् २००४ देखि ००५ सम्म मालिनी अय्यर शोमा मालिनीको भूमिका निर्वाह गरेकी थिइन् । कथा पनि उनैको वरिपरि घुम्थ्यो । तर यो शोमा उनको चुलबुले प्रस्तुतिलाई दर्शकले पटक्कै मन पराएनन् ।

२. करिश्मा कपुर
सन् २०१३ मा करिश्माले मिरेकल अफ डेस्टिनी टीभी शो गरिन् । मात्र एक वर्षभित्र यो शो बन्द भयो ।

३. रविना टन्डन
साबिह बीवी और गुलाम शो सन् २००४ मा आयो । यो शोमा रविनाले कान्छी बुहारीको भूमिका निर्वाह गरिन् । तर उनलाई कसैले पनि मन पराएनन् ।

४. सोनाली बेन्दे्र
अजीब दास्तां है येबाट सोनालीले सन् २०१४ मा आफ्नो डेली शो डेब्यु गरिन् । तर रियलिटी शोको जजबाहेक दर्शकले उनलाई डेली शोमा मन पराएनन् ।

५. मनिषा कोइराला
मनिषा कोइराला गेम शो ‘वाल दस करोडका’ लिएर सन् २००० मा टीभीको क्षेत्रमा आइन् । तर उनको यो पारी नराम्रोसँग फ्लप भयो ।

६. अमृता राव
सन् २०१६ मा मेरी आवाज ही पहचान बाट टीभी शोमा अमृताको प्रवेश भयो । तर उनको यो शोमा राम्रो विषयवस्तु हुँदाहुँदै पनि मन पराइएन ।

७. भाग्यश्री
भाग्यश्रीले शो लौट आओ तृषाबाट सन् २०१४ मा डेब्यु गरेकी थिइन् । यद्यपि यो शो पनि असफल प्रमाणित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *