‘मधेसलाई नेपालबाट छुट्याउने’ अभियान त्याग्दै सिके राउत

 

फागुन २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउतले शुक्रबार एकै मञ्चबाट सयुंक्त सम्बोधन गर्ने भएका छन् । 

राष्ट्रिय सभा गृहमा आज दिउँसो १ बजे हुने कार्यक्रममा राउतले अखण्ड नेपाल स्वीकार गरेको घोषणा गर्ने बताइएको छ। योसँगै उनी छुट्टै मधेश राज्य अभियानबाट अलग हुने भएका छन्। सरकारसँगको गोप्य वार्तापछि उनी नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन्। 

null

लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउने अभियानमा लोगेका सिके राउत जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका थिए । राज्यविरुद्धको अभियोगमा थुनामा रहेका उनलाई अदालतले हिजो मात्रै रिहा गर्न आदेश दिएको थियो । 

बिहीबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजालसले उनलाई थुना बाहिर रहेर मुद्दा पूर्पक्ष गराउन आदेश दिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *