बराहको थप शाखा धनकुटाको भेडेटारमा

 बैशाख ११, धरान । व्यापारीक क्षेत्रमा दिन प्रतिदिन फड्को मार्दै जाने धरानकै एकमात्र बराह डिपार्टमेन्ट स्टोरले आफनो नयाँ शाखाको रुपमा धनकुटाको पर्यटकिय स्थल भेडेटारमा पनि शाखा सञ्चालनमा ल्याएको छ । 

 

प्रदेश नं. १ को पर्यटकिय स्थल भेडेटारमा बराह ग्रुप अफ कम्पनीजले धनकुटा सागुरीगढी गाउँपालिका वडा नं ६ स्थित भेडटारमा आफना एक अर्को कार्यलयको रुपमा स्थापना गरेर त्यहाँबाट समेत सबै सेवा दिइने उदेश्यले बुधबारबाट सञ्चालनमा ल्याएको हो । 

null

करिब ३ करोडको लगानीमा कम्पनीले भेडेटारमा रहेको डम्बर सिंह लिम्बु र बिष्णुमाया लिम्बु याख्खाको घर लिजमा लिई त्यहाँ ग्रोसरी, पेय पदार्थ र सुनचाँदीका आधुनिक र परम्परागत बिक्री कक्ष सञ्चालनमा ल्याएको धरान शाखा प्रमुख मानबहादुर दियाली (विश्वकर्मा) ले जानकारी दिए । 

 

सो शाखा प्रमुखमा भने डम्बर लामीछाने रहेको छ । बराहको पूर्वमा लगानी बढ्दो छ भने अघिल्लो वर्ष मात्रै बराहले ४ करोड रूपैयाँ भन्दा बढी लगानीमा मोेरङको ग्रामथान–५ तेतरियामा बराह कृषि उपज तथा पशुपालन परियोजना सञ्चालनमा ल्याएको थियो । 

साढे चार बिगाहा क्षेत्रफलमा सो परियोजना सञ्चालित छ । धरान, काठमाडौं पोखरा, चितवन, हङकङ, युके र दुबईको सफलता पछि यो शाखा विस्तारमा ल्याइएको बराह अफ ग्रुपका अध्यक्ष शिब कुमार लामिछानेले जानकारी दिए । 

उनले अबको केही समयमा बराह होमस्टे समेत सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी गराए । धनकुटा सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याख्खको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बराहका हङकङदेखी बिभिन्न शाखाका प्रमुख तथा अन्य व्यक्तीहरुको सहभागीता रहेको थियो । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *