कामना सेवाको कल सेन्टर सञ्चालनमा
मकालु खबर
२०७६ फागुन १ गते
फागुन १, काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आजबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
जसबाट ग्राहकहरुले गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० सम्पर्क गर्न सक्ने छन् ।
त्यस्तै [email protected] मा पनि सिधै सम्पर्क गर्न सक्ने छन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७६ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित