काठमाडौंको टोखामा प्राइम बैंकको दुई नयाँ शाखा
मकालु खबर
२०७६ कार्तिक ८ गते
कार्तिक ८, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंमा थप दुई नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले आज एक समारोहका बिच टोखा नगरपालिकामा दुई नयाँ शाखाहरुको शुभारम्भ गरेको हो । ग्राण्डी शाखाको उद्घाटन बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यले बानियाँटार शाखाको उद्घाटन सञ्चालक मनोज पौडेलले गरे ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यावसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति रहेको थियो । यस शाखाहरुको सञ्चालन सँगै बंैकको शाखा कार्यालय संख्या ९९ पुगेको बैंकका नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले जानकारी दिए ।
मकालु खबर
२०७६ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित