कालंगा हाइड्रोको सुरुङभित्र थुनिएका ३ मजदुर मृत फेला, एक जनाको अझै उद्धार जारी

कार्तिक १८, धनगढी । बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोपावरको काम गर्ने क्रममा सुरुङ भत्किँदा त्यहाँभित्र फसेका ४ जना मजदुरमध्ये ३ जना मृत फेला परेका छन् ।   

आइतबार दिउँसो सुरुमा सुरुङभित्र ६ जना छिरेका थिए । पछि श्वास फेर्न गाह्रो भएको भन्दै २ मजदुर बाहिर निस्किएका थिए । दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी भने त्यहीँभित्र थिए ।  

अहिले उनीहरूमध्ये ३ जनाको शव फेला परेको छ, एक जना भने अझै सम्पर्कविहिन छन् । उनको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *