पोखरामा बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा नेपाली सेना घाइते

 

बैशाख ५, कास्की । पोखरामा फेला परेको बम डिस्पोज गर्ने क्रममा एक जना नेपाली सेना घाइते भएका छन् । पोखरा–३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्दा कालिभन्ज्याङ गणका धर्मबहादुर थापा घाइते भएका हुन् । 

घाइते थापालाई पोखराको फिस्टेल अस्पतालमा सामान्य उपचार गरी काठमाडौंको छाउनी अस्पताल ल्याइएको छ । 

null

नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराका दुई स्थानमा बम फेला परेको थियो । 

पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै कागजको डल्लोमा बेरेर राखेको अवस्थामा फेला परेको बम निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किँदा बम  सैनिक थापा घाइते भएका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *