उर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाडौं – ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । 

शुक्रबार बेलुकी साढे ८ बजेतिर छातीमा सामान्य समस्या आएपछि मन्त्री पुनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्‍याइएको हो । अहिले उहाँको अवस्था सामान्य रहेको पुनका प्रेस सल्लाहकार रोशन खड्काले जानकारी दिए।  

उनका अनुसार मन्त्री पुनलाई बिहान ९ बजेसम्म डाक्टरको निगरानीमा राखिनेछ । त्यसपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने तयारी छ । पुनलाई सामान्य जाँचको लागि मेडिसिटी लैजान लागिएको पनि खड्काले जानकारी दिए। 

null

२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए । उनी २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *